२३ मंसिर २०७८, बिहीबार
राजनीति

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रकाशित मिति :  १ मंसिर २०७८, बुधबार १०:४६


१ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज बुधबार विश्वासको मत लिँदै छन् । राईले मंगलबार विश्वासको मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।

आज साढे ११ बजे प्रदेशसभा बैठक बस्दैछ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठकमा एमालेको सहभागिता हुने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा