२३ मंसिर २०७८, बिहीबार
राजनीति

तनहुँमा शुक्रबार कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै

प्रकाशित मिति :  २ मंसिर २०७८, बिहीबार १७:०५


२ मंसिर, तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनको प्रकृया बिहीबार ‘आज’ बाटै सुरू भइसकेको छ । बिहीबार प्रदेश सभा क्षेत्रमा नेतृत्वको आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ ‘ख’ मा भने कांग्रेसको क्षेत्रीय अधिवेशनको उम्मेदवारी दर्तासँगै नेतृत्व पनि टुंगो लागेको छ । तनहुँ २ ९ख० को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक भट्टराईले बताए । उनका अनुसार उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।

‘बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेका थियौ‌ । प्रदेश अधिवेशन प्रतिनिधि पदमाबाहेक सबै पदमा आवश्यकभन्दा बढीको उम्मेदवारी पेरन । प्रदेश अधिवेशन प्रतिनिधि पदका एक जना उम्मेदवारले उम्मदवारी फिर्ता लिएसँगै निर्विरोध कार्यसमिति चयन भएको छ,’ भट्टराईले भने । प्रदेश अधिवेशन प्रतिनिधि पदका उम्मेदवार रमेश भण्डारीले उम्मेदवारी फर्ता लिएका हुन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा सभापति पदका लागि शेषमोहम्मद हनिफ ‘गोरा मियाँ’ र विशेश्वर खनाल, प्रदेश ९ख० को सभापति पदमा काजीमान श्रेष्ठ र राजेन्द्र पियाको उम्मेदवारी परेको छ । यस्तै, तनहुँ क्षेत्र नम्बर २ प्रदेश ९क० को सभापतिमा हिरा थापा र जितराज रानाको उम्मेदवारी परेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता