कमला नदीमा भूतमेला, दृश्य रोमाञ्चक : धामीझाँक्रीको घुइँचो
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शुक्रबार १४:३:४९
मुकेशकुमार यादव
३ मंसिर , सिरहा । कार्तिक पूर्णिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना ‘भाडा’ र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै यहाँ आउने गर्छन् ।
सूर्योदयसँगै एकाबिहानै हजारौँ नवधामीझाँक्री कमला नदीको पवित्र जलमा डुबुल्की लगाई गुरुहरूद्वारा शपथ लिने काम सम्पन्न भएको छ । बिहीबार रातिबाटै कमलानदी कनारमा भगत ‘देउता’ खेल्नेको घुइँचो लागेको थियो । प्रत्येक भगतासँग रहेका २० देखि २५ को समूह भगतै ‘भगता’ लाई प्रश्न गर्ने गीत गाउने गर्दछन् ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी !!!’ यस्तै यस्तै आ–आफनो इष्ट देवताको हरुको नाम फलाक्दै धामीझाँक्री मिर्दङ ‘मादल’, झ्याली, ढोलपिपही जस्ता बाजाको तादमा भक्त कर्कश स्वर उत्पन्न गर्दै कमला नदीमा सपथ ग्रहण गर्न आएको झाँक्री झवु गोईतले बताए । उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको आजको दिन घुईँचो लाग्ने गरेको बताए ।
आफ्नो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नान गरी सपथका लागि आएका हुन् । कमला नदीमा आएर सपथ लिए पश्चात नवधामीझाक्री पाको हुने झाँक्री जगरनाथ साहले बताए ।
सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगायत भारतका दर्जनौ गाउँबाट लावालस्करका साथ काम्दै उफ्रदै घण्टौँघण्टाको बाटो पैदल गएर स्थान र तन्त्रमन्त्र गरेको दृश्य हेर्दा यस क्षेत्रका बासिन्दा रमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार