२२ मंसिर २०७८, बुधबार

सुँगुरको डेढ किलो मासु खाने व्यक्तिलाई रेस्टुराँमा प्रतिबन्ध

प्रकाशित मिति :  ३ मंसिर २०७८, शुक्रबार १४:०३


३ मंसिर, काठमाडौं । चीनमा सुँगुरको डेढ किलो मासु खाने व्यक्तिलाई रेस्टुराँमा प्रतिबन्ध लगाइएको छ । इन्टरनेटमा आफूले खानेकुरा खाएको प्रत्यक्ष प्रसारण गर्ने एक चिनियाँ व्यक्तिले आफूलाई धेरै खाएको भन्दै एउटा रेस्टुराँले प्रतिबन्ध लगाएको बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

काङ नामले चिनिने ती पुरुषले हुनान टीभीलाई दुई पटक खाएपछि निश्चित पैसा तिरेर पेटभरि खान पाइने हान्डाडी सीफूड बीबीक्यू बफे रेस्टुराँले प्रतिबन्ध लगाएको बताएका हुन्।

उनले पहिलो पटक डेढ केजी सुँगुरको मासु र दोस्रो पटक साढे तीनदेखि चार केजी प्राउन खाएको बताएका छन्। काङले सो रेस्टुराँले धेरै खाने मानिसप्रति “भेदभावपूर्ण” व्यवहार गरेको बताएका छन्।

कतिपयले सबैलाई समान व्यवहार नगर्ने भए सो रेस्टुराँले आफूलाई पेटभरि खान पाइने भनेर भन्न नहुने बताएका छन् भने कतिपयले रेस्टुराँका मालिकप्रति सहानुभूति जनाएका छन्।

गत वर्ष चिनियाँ सरकारले खानेकुरा खाएर सोशल मिडियामा प्रसिद्ध भएका मानिसविरुद्ध कदम चाल्ने बताएको थियो जसका कारण खाना खाएका त्यसा भिडिओहरू पूरै चीनमा प्रतिबन्धित पनि हुन सक्छन्।

राष्ट्रपति सी जिन्पिङले खाद्यान्नको अभावको चिन्ताबीच खानेकुरा खेर नफाल्न भनेपछि सरकारले त्यस्तो कदम चालेको थियो।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा