२३ मंसिर २०७८, बिहीबार
राजनीति

कांग्रेस महाधिवेशन : खोटाङ प्रदेश ‘ख’मा ६३५ मत खस्यो, ३७ अनुपस्थित

प्रकाशित मिति :  ३ मंसिर २०७८, शुक्रबार २०:२६


३ मंसिर, खोटाङ । खोटाङमा नेपाली कांग्रेस खोटाङको क्षेत्रीय कार्यसमिति प्रदेश ‘ख’मा ६३५ मत खसेको छ । कूल मतदाता क्षेत्रीय प्रतिनिधि संख्या ६७२ रहेकोमा ३७ जना अनुपस्थित भएका निर्वाचन अधिकृत सुदिप काफ्लेले बताए ।

सिमपानीस्थित सिमपानी क्याम्पसको भवनमा शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजे सकिएको हो । अहिले मत गणना सुरु भएको छ ।

कांग्रेसको क्षेत्रीय कार्यसमिति प्रदेश ‘ख’को सभापतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत चुनावी मैदानमा छन् ।

यस्तै, कृष्ण सिटौला प्यानलबाट सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कट्वाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार छन् । प्रदेश ‘ख’मा देउवा, पौडेल र कोइरालाको सहकार्य भएपछि सिटौला समूह एक्लै चुनावी मैदानमा उत्रिएको बताइएको छ ।

प्रदेश ‘क’को मतदान जारी

क्षेत्रीय कार्य समिति प्रदेश ‘क’को मतदान भने जारी छ । हलेसीस्थित महेन्द्रोद्वय माविमा जारी मतदान अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत शिवहरी ढकालले बताए । महाधिवेशन प्रतिनिधिका उम्मेदवार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषयमा दावीविरोध परेपछि मतदान निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो ।

प्रदेश ‘क’ मा देउवा निकट टिमबाट भक्तजङ राईलाई सभापतिमा उठेका छन् । उपसभापतिमा दिलीप राजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सह–सचिवमा मनकुमार तामाङ र मकर राई उम्मेदवार बनेका छन् ।

यस्तै कोइराला निकट टिमबाट सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता