पौँदी क्षेत्रमा आजदेखि न्वागी पर्व सुरु
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १६:३९:५९
५ मंसिर, बागलुङ । बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आजदेखि न्वागी खाने पर्व सुरु भएको छ । वर्षेनी धानबाली भित्र्याएपछि मंसिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ । ज्योतिषले निकालेको शुभमूर्हतअनुसार बिहान ९ः४० बजे उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत भएको हो । शुभसाइत आज परे पनि दुई/तीनसम्मै न्वागी खाने परम्परा रहेको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले बताए ।
उनका अनुसार गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे ।
कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ । “यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, अध्यक्ष घिमिरेले भने, “पौँदी क्षेत्रमा धानखेती धेरै हुने भएकाले तत्कालीन राजा÷रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।”
स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । पछि त्यस क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन रहेको छ । पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धानखेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन् ।
न्वागी पर्वकै अवसर पारेर आजैदेखि बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा परम्परागत न्वागी मेला लाग्दैछ । बुधबारसम्म चल्ने मेलामा कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । गत वर्ष कोभिड–१९ का कारण रोकिएको मेलालाई यसपालिदेखि निरन्तरता दिइएको समितिका सचिव विष्णुप्रसाद आचार्यले बताए । पहिले–पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रूपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । पछिल्लो समय न्वागी मेलाको स्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझै पनि मौलिकता जोगाउन लागिपरेका छन् ।
मेलाले त्यस क्षेत्रको कला, संस्कृति, खेल र व्यापारको प्रवद्र्धन तथा उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ । मेलामा गाउँपालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार