निशुल्क स्यानेटरी प्याडले नियमित विद्यालय जान थाले छात्रा
नेपालबहस संवाददाता
मंसिर ५, २०७८ आइतबार १८:३६:२८
कल्पना बोहरा
५ अछाम, मंसिर । सरकारले देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि स्यानेटरी प्याड निशुल्क रूपमा वितरण गर्ने व्यवस्था गरेको छ । विद्यालयमा निशुल्क स्यानेटरी प्याड उपलब्ध हुने भएपछि विद्यालयमा किशोरीहरूको उपस्थिति पनि बढेको छ ।
स्कुलमा नै स्यानेटरी प्याड पाइन थालेपछि अछामको साँफेबगर नगरपालिका(४ का शान्ति बुढालाई बीचमा नै पढाइ छोडेर घर फर्कनु परेको छैन । यसरी विद्यालयमै प्याड पाइन थालेपछि कहिल्यै स्कुल नछुटेको बुढा भन्छिन् । १२ कक्षामा अध्यानरत बुढा विद्यालयमै प्याडको व्यवस्था गर्ने कार्यक्रमले आफूजस्तै किशोरीलाई सजिलो भएको उनी बताउँछिन् ।
महिनावारिको समयमा विद्यालय जाँदा साँफेबगर नगरपालिका( ७ रिडिकोटका मनिशा बयकको ध्यान पढाइमा भन्दा प्याड कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुन्थ्यो । विद्यालयमा प्याड पाउन थालेपछि प्याड परिवर्तन गर्न घरै पुग्नुपर्ने बाध्यता हटेको छ भने विद्यालय समयमा महिनावारी भए पनि पिर छैन । उनी भन्छिन्, ‘पहिले प्रयोग गर्ने प्याड राम्रो नहुदा कतिपल्ट आफू बसेको वेन्चमा लागेको र आफूलाई अप्ठ्यारो महसुस हुन्थ्यो । अहिले अर्को प्याड तुरुन्तै विद्यालयमा पाइन्छ र फेर्न सकिन्छ ।’
साँफेबगरको श्री सूर्यचन्द्र नमुना माध्यामिक विद्यालयले २०६९ सालदेखि नै स्यानेटरी प्याड वितरण गर्दै आएको छ । विद्यालयमा प्याड वितरण सुरू भएपछि विद्यालय आउने छात्राहरूको संख्या बढेको छ ।
विद्यालयमा ७६८ विद्यार्थीमध्ये ३६८ जना छात्रा अध्ययनरत छन् । तीमध्ये महिनावारी हुने किशोरीको संख्या करिब २०० छ । उनीहरूलाई विद्यालयले नियमित स्यानेटरी प्याड दिँदै आएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र शाहको भनाइ छ ।
साँफेबगर नगर शिक्षा शाखा प्रमुख हिरादत्त भट्टका अनुसार २०७६/२०७७ मा प्राप्त भएको २४ लाखमा नगरपालिकाले ५० हजार थान स्यानेटरी प्याड खरिद गरेको थियो । उक्त प्याड नगरपालिका भित्रका १६ वटा माध्यामिक विद्यालय र केही प्राथमिक विद्यालयमा समेत वितरण गरिएको उनको भनाइ छ ।
यस्तै २०७७/२०७८ प्राप्त भएको २५ लाखमा नगरपालिकाले स्यानेटरी प्याड खरिद गरेको छ भने वितरण गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार