महिला फुटबल टोलीका उत्कृष्ट ४० खेलाडी प्रशिक्षणमा
नेपालबहस संवाददाता
मंसिर ७, २०७८ मंगलबार १८:२५:४५
७ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले महिला यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो ।
एन्फाले बंगलादेशमा आयोजना हुने यू-१९ साफ च्याम्पियनसिपका लागि हरिओम श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । प्रशिक्षक हरि ओमले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा ६ खेलाडी राष्ट्रिय महिला टोलीका सदस्य छन् ।
घोषित टोलीमा अन्जना राना मगर, विमला विक, प्रीतिकुलुङ राई, सविता राना मगर, रजनी थोकर र रश्मिकुमारी घिसिङ राष्ट्रिय टोलीका सदस्य हुन् । ६ खेलाडीले गत वर्ष भुटानमा भएको यू(१८ साफ च्याम्पियनसिप खेलेका थिए ।अन्जनाबाहेक अन्यले दशरथ रंगशालामा साउनमा भएको दुई मैत्रीपूर्ण खेल क्रममा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए ।
यस्तै सुष्मा तामाङ, रोजिना श्रेष्ठ, सलोनी राना मगर, रेनुका हमाल, मेनुका आले मगर, अमिशा कार्कीले यसअघि नै यू(१८ साफ च्याम्पियनसिप खेलेका थिए । मुख्य प्रशिक्षकमा हरिओम रहँदा सहायक प्रशिक्षकमा गंगा गुरुङले जिम्मेवारी पाएकी छन् भने गोलरक्षक प्रशिक्षकमा प्रकाश वैद्य छन् ।
ढाकामा हुने साफ ११ देखि २२ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, आयोजक बंगलादेश, श्रीलंका र भुटानको सहभागिता हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा ११ डिसेम्बर आयोजक बंगलादेशको सामना गर्नेछ । दोस्रो खेल १५ डिसेम्बरमा श्रीलंकासँग खेल्दा १७ डिसेम्बरमा भुटानविरुद्ध खेल्नेछ । नेपालले सिंगल राउन्ड रोबिनको अन्तिम तथा चौथो खेलमा भारतसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोली
अन्जना राना मगर, लीला जोशी, पूजा थापा, अंकिता राई, सावित्री किशन, मञ्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, गंगाकुमारी चौधरी, रोजिना श्रेष्ठ, विमला बिक, प्रिया बस्नेत, गोमा रोकाया, खुस्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी, सुष्मा तामाङ, तुलसा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिषा सेन, सुस्मा जिटी, सरस्वती रोकाया, सुरक्षाकुमारी सिंह, दिपा शाही, प्रीतिकुलुङ राई, सविता राना मगर, सुन्कला राई, रेनुका हमाल, अन्जली मचामसी, मेनुका आले मगर, रजनी थोकर, रश्मिकुमारी घिसिङ, सदिपा भोलन, चन्द्रा भण्डारी, कुशुम खतिवडा, अमिशा कार्की, सुनिता तामाङ, जेनिफर राना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार