२३ मंसिर २०७८, बिहीबार

लाभांश घोषणा गरेका पाँच विकास बैंकमध्येका तीन वटाको बुक क्लोज हुन बाँकी

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १३:२४


७ मंसिर, काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत विकास बैंकमध्येमा पाँच विकास बैंकले लाभांश घोषणा गरेको छ । हालसम्म मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका पाँच विकास बैंकमध्येमा मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको छ।

लगानीकर्ताले उक्त शेयर किन्दा अझै लाभांश पाउन सक्नेछन् ।विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकको धेरै लाभांश घोषणा देखिएको छ। यो बैंकले कुल १९ दशमल ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८ दशमलव ५ प्रतिशत बोनस र ० दशमलव ९७ प्रतिशत नगद लाभांश छन्।

मुक्तिनाथ विकास बैंकले कुल १८ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १७ दशमलव ५७५ प्रतिशत बोनस र ० दशमलव ९२५ प्रतिशत नगद लाभांश रहेका छन्।

यसैगरी लुम्बिनी विकास बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

सांग्रिलाले १० प्रतिशत बोनस र ० दशमलव ५२६३ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।शाइन रेसुंगाले १० दशमलव ९३ प्रतिशत बोनस र ० दशमलव ५७ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता