महाधिवेशन अवधिभर सौराहाका होटल बुकिङ !
नेपालबहस संवाददाता
मंसिर ७, २०७८ मंगलबार २२:३१:३०
नारायण अधिकारी
७ मंसिर, चितवन । नेकपा ‘एमाले’ को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् ।
यही मंसिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ । यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग पार्टीले सम्झौता गरेको छ ।
सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पु¥याउन मुस्किल परेको छ । यतिबेलाका लागि पहिले नै पर्यटकको बुकिङ गरेका र महाधिवेशन घोषणासँगै एमालेका प्रतिनिधि बाहेकका नेता कार्यकर्ताले समेत बुकिङ गरेकाले कोठा पूरै भरिएको उनको भनाइ छ ।
उनले भने,“कोठा पु¥याउन नसक्दा फोन उठाउनसमेत सकेको छैन ।” कोठाको व्यवस्थापनमा जुट्नु भएका एमाले नेता सांसद कृष्णभक्त पोखरेलले कोठाको व्यवस्थापनमा कठिन भएको जानकारी दिए। उनका अनुसार पार्टीले बुक गरेका कोठा प्रतिनिधि, केन्द्रीय सल्लाहकार समिति, स्वदेशी तथा विदेशी पाहुना, नेताका सुरक्षाकर्मी, स्वयंसेवकलाई समेत पु¥याउन कठिन भएको छ । स्वयंसेवकका लागि भरतपुरमासमेत कोठा खोज्ने काम सुरु गरिएको उनले जानकारी दिए । उनले भने,“देशैभरबाट नेता कार्यकर्ताको कोठाको लागि टेलिफोन आएको छ, व्यवस्थापन गर्न कठिन छ ।”
व्यवसायीले सौराहामा ६ हजार ५०० बेड रहेको बताउँदै आएको भए पनि सबै राम्रा कोठा छैनन् । संघले पार्टीसँग सम्झौताका क्रममा सबै खालका कोठा दिने गरी सम्झौता गरेको छ । महाधिवेशनमा प्रतिनिधि र आमन्त्रित बाहेक त्योभन्दा बढी सङ्ख्यामा देशभरबाट नेता कार्यकर्ता आउने तयारीमा छन् । यसका अतिरिक्त सञ्चारमाध्यमले समाचार सङ्कलनका लागि प्रतिनिधि पठाएका छन् ।
महाधिवेशन प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमाल बढी सङ्ख्यामा सञ्चारगृह र पत्रकारबाट होटलका लागि फोन आउने गरेको बताए । उनले भने, “बिहान सबेरैदेखि राति अबेरसम्म फोन आउने गरेको छ । कोठा व्यवस्थापन गर्न कठिन छ ।”
क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरे कोठाका लागि निरन्तर फोन आउने गरेको जानकारी दिए। उनले भने, “कम्तीमा एउटा कोठा त दिनुहोस् भन्ने धेरै फोन आउने गरेको छ ।” कोठा नभएपछि व्यवस्थापन कठिन भएको उनको भनाइ छ । सौराहाका ६ हजार ५०० बेडमध्ये एमालेले तीन हजार ५०० सम्झौता गरेको हो भने बाँकी तीन हजारमध्ये आधा पर्यटकले अग्रिम बुकिङ र आधा नेता कार्यकर्ताले पहिले नै बुकिङ गरिसकेको उनको भनाइ छ ।
सौराहामा रहेका भनिएका बेडमध्ये ठूलो सङ्ख्याका एक बेडमा दुई जना सुत्नुपर्ने हुन्छ । पछिल्लो समय एउटै बेडमा दुई जना सुत्न अप्ठ्यारो मान्ने हुँदा महाधिवेशनको समयमा पार्टीलाई कोठा व्यवस्थापन गर्न समस्या आउन सक्ने व्यवसायी बताउछन् ।
सौराहामा कोठा भरिएपछि भरतपुर, रत्ननगर र गैँडाकोका होटल पनि भरिन थालेका छन् । अधिकांश होटलमा महाधिवेशनको उद्घाटनको अघिल्लो दिनबाट १२ गतेसम्म कोठा बुकिङ भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वी राजमार्गका होटल व्यवसायीलाई ‘पर्यटकमैत्री सेवा’सम्बन्धी तालिम
बैशाख ३०, २०८१ आइतबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार