१० माघ २०७८, सोमबार

बाँकेका दुई जनाको संक्रमणबाट मृत्यु

प्रकाशित मिति :  ११ मंसिर २०७८, शनिबार १५:०१


११ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भेरी अस्पतालमा २ जना संक्रमितको ज्यान गएको छ । नेपालगन्जको भेरी अस्पतालमा उपचाररत बाँकेका दुई जना संक्रमितको मृत्यु भएको हो ।

कात्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया महिलाको शुक्रबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा
कस्तो छ तपाईको आजको राशीफल ?
नेपालबहस संवाददाता