१० माघ २०७८, सोमबार
एमाले महाधिवेशन

पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्था उन्मुख छौं : प्रदिप ज्ञवाली

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार २०:५५


१२ मंसिर, चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन्

कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन् । सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भने, ‘हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं । अहिले यत्ति भनौं ।’

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन । यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो । तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा