कांग्रेस अधिवेशन : बलरामा फेरि झडप, मतदान अधिकृतसहित पाँच घाइते
नेपालबहस संवाददाता
मंसिर १३, २०७८ मंगलबार ०:३५:१९
एसवी थापा
१३ मंसिर, सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपको स्थिति सृजना भएपछि बलरामा सोमवार दिउसो पुनः गोली चलेको हो ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाईते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे । घाईते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर, अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन ।
यस्तै झडपमा बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रुपमा खटिएका उमेश चन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता रहेको प्रहरीले जनाएको हो । उनीहरु मध्ये मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य छ । उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।
आइतवार स्थगित भएको वडा अधिवेशन मतदान प्रकृयाबाट गर्ने तयारी भइरहदा, दुई पक्षबीच फरक फरक ठाउँमा गर्ने प्रस्ताव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य समेत रहेका अम्रेस सिहं पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार अधिवेशन प्रकृया सुरु भएको स्थानमा मतदान गराउने प्रयास गरेकोे थियो ।
घटना लगतै घाइतेहरु जिल्ला बाहिर रौतहट र भारतको विभिन्न अस्पतालहरुमा समेत पुर्याइएको स्थानीयको भनाइ छ । यस कारण प्रारम्भिक विवारणबाट ५ जना खुले पनि, घटनामा अन्य थप घाईते भएको नेता अम्रेस सिहं पक्षको दाबी छ । यता प्रहरीले घाइतेबारे एकिन गर्न नसकेको जनाएको छ । प्रहरी घटनास्थलमा रहेकोले घाइतेको संख्या र अवस्था थाहा भइनसकेको डिएसपी बुढाथोकीले बताए ।
घटना नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रृग्यास र गोली फायर गरेको प्रत्यक्षदर्शीको भनाइ छ । तर, प्रहरीले भने पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी कृष्ण प्रसाईसगँ पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेको छैन्। उक्त स्थानका आइतवारविवाद हुदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिहंका निजी सुरक्षागार्डले गोली चलाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार