सिन्धुपाल्चोकमा मतदाता नामावली संकलन पालिकास्तरमै हुने
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बिहिबार ०:५९:३०
१५ मंसिर, सिन्धुपाल्चोक । निर्वाचन कार्यालय सिन्धुपाल्चोकको मतदाता नामावली संकलन पालिकास्तरमै हुने भएको छ। निर्वाचन कार्यालयले १७ मंसिरदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको हो ।
चौतारामा जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले बुधबारआयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद गौतमले आफ्नो पालिकाबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताए ।
मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सम्बन्धित पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रसहित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने र बसाइ सरी आएका कोही भए बसाइ सराइको प्रमाणपत्र वा विवाह भइ आएको र सोही स्थानमा दर्ता गर्न चाहेमा विवाह दर्ताको प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने गौतमले बताए ।
दुई चरणमा मतदाता नामावली संकलन हुने भएको छ । पहिलो चरणमा १७-२८ मंसिरमा १० दिनसम्म हुने भएको छ । जसमा जिल्लाका हेलम्बु, पाँचपोखरी थाङपाल,बलेफी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा सञ्चालन हुने छ भने दोस्रो चरणमा २८ मंसिरदेखि ८ पुससम्म जिल्लाको इन्द्रवती, जुगल, लिसंखुपाखर, सुनकोसी, भोटेकोसी गाउँपालिका र मेलम्ची नगरपालिकामा हुनेछ ।
मतदाता नामावली संकलन कार्यक्रम छुटेकाहरूलाई समेट्ने उद्देश्यले जिल्ला निर्वाचन आयोगले मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८, १७ मंसिरदेखि ८ पुससम्म दुई चरणमा सञ्चालन गर्ने भएको जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार