फुटबल : थ्रीस्टार र फ्रेन्ड्स क्लबबीचको खेल बराबरी
नेपालबहस संवाददाता
मंसिर १७, २०७८ शुक्रबार २१:३५:२६
१७ मंसिर, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने फ्रेन्ड्स क्लबले लिएको थियो ।
खेलको ५१औँ मिनेटमा फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाएका हुन ।
त्यस्तै थ्रीस्टारका लागि भने मिक्छेन तामाङले गोल गरे । उनले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए । यस बराबरी खेलसँगै थ्रीस्टारले तीन खेलबाट चार अङ्क जोडेको छ ।
समान खेल खेलको फ्रेन्ड्सको भने दुई अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग १–० गोअन्तरले पराजित भएको थियो ।
त्यस्तै फ्रेन्ड्स क्लबले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलको थियो भने दोस्रो खेलमा सङ्कटा क्लबसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै
बैशाख २५, २०८१ मंगलबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
म्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित
बैशाख २३, २०८१ आइतबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
काठमाडौंका यी ६६ स्थानमा बत्ती जाने (सूचीसहित)
बैशाख २९, २०८१ शनिबार
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
बैशाख २९, २०८१ शनिबार
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार
गिल र सुदर्शनको शतकको मद्दतले चेन्नईमाथि गुजरात ३५ रनले विजयी
बैशाख २९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २९, २०८१ शनिबार
राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बैशाख २९, २०८१ शनिबार