साढे ५ अर्बको सुन भित्रिदा ७ करोड राजश्व संकलन
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार १८:१४:१७
२० मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ अर्ब रुपैयाँको सुन भित्रिएको छ । विमानस्थलका अनुसार सात दिनमा साढे ५ अर्ब रुपैयाँको सुन भित्रिदा ७ करोड राजश्व संकलन भएको छ ।
भन्सार प्रमुख महेश भट्टराईले नेपालबहस डटकमसँग कुराकानी गर्दै एक सातामा विमानस्थलबाट ७२.७ किलोग्राम सुन भित्रिएको बताए ।
मंसिर १३ गते सोमबारदेखि १९ मंसिरसम्मको ७ दिनको अवधिमा एक हजार ५३० यात्रु सुन बोकेर नेपाल आएका थिए । उनीहरुले ७२ किलो ७ सय ग्राम छापावाल सुन नेपाल भित्र्याएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । फेला परेका सुनको भन्सार तिराएर यात्रुलाई नै फिर्ता दिइएको छ ।
अवैध भन्दै झिटिगुण्टा सुविधामा कर लगाउने तर सुन ल्याउने वास्तविक श्रमिक हुन् वा तस्कर भन्ने थप छानबिन नगर्ने सरकारी नीतिले थप संशय पैदा गरेको छ । विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।
विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको हो । १५ सय ३० मध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् । तर, नेपाल भित्रिएको ७२ किलो काँचो सुनको बालामध्ये अहिलेसम्म जम्मा ५६ किलो मात्रै सुनको भन्सार संकलन भएको छ । १३ सय ४१ जनाले तिरेको भन्सारमार्फत ५ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको छ ।
सात दिनमा नेपाल भित्रिएको ७२ किलो सुनको मूल्य ५ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ । प्रतिकिलो सुनमा ८५.७५ तोला हुन्छ । र, ७२ किलो सुनलाई ८५.७५ तोलाले हिसाब गर्दा ६ हजार १७४ तोला हुन आउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार