नेपाल लाइफद्वारा तीन दोब्बर जोखिम वहन गर्नसक्ने बीमा योजना सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार २२:४८:३
२१ मंसिर, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै उक्त योजना ल्याएको जनाएको छ ।
यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन् ।
विकास निर्माणका काममा जोखिम बढि रहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको कम्पनीले जनाएको छ ।
बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना ल्याएको जनाएको छ ।
बीमा योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो ।
बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम रू. ५० लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।
बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । रू. ५० हजारदेखि रू. एक करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।
वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने सो बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा १५ छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३५ थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६५ थप लाग्नेछ भने अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट हुने छैन ।
बीमालेख चालु रहि बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम जोडेर आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने जनाइएको छ ।
बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम जोडेर आर्जित बोनश एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ । बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम जोडेर आर्जित बोनश रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई कम्पनीले भुक्तानी दिइनेछ ।
यदि कदम्कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
बोनस शेयरमा लाग्ने कर तिर्न शेयरधनीलाई आग्रह
चैत ६, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार