तीन बर्षमा पाकिस्तानी रुपैयाँको मूल्यमा उच्च कमी
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ बुधबार ५:२६:२५
२१ मंसिर, इस्लामावाद, पाकिस्तान । अमेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको मूल्यमा विगत तीन बर्षको समयमा ३०.५ प्रतिशतले घटेको पाकिस्तानका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सञ्चारमाध्यमबाट बाहिरिएको यो दावीलाई आधार मान्ने हो भने पाकिस्तानको इतिहासमा यो तीन बर्षमा मुद्राको सबैभन्दा उच्च अवमूल्यनमध्ये एक हो । सन् २०१८ को अगस्टमा अमेरिकी डलरविरुद्ध १२३ रुपैयाँबाट बृहत मूल्यह्रास भई सन् २०२१ डिसेम्बरमा अमेरिकी डलरको तुलनामा १७७ रुपैयाँले घटेको पाकिस्तानी सञ्चार संस्था ‘द न्युज इन्टरनेशनल’ले जनाएको छ । पछिल्लो ४० महिनामा यो ३०.५ प्रतिशतको गिरावट भएको दन्यूजले विभिन्न तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ ।
पाकिस्तानबाट ढाका स्वतन्त्र भएको समय सन् १९७१–७२ पाकिस्तानको मुद्रा अमेरिकी डलरसँग ४.६० रुपैयाँबाट ११.१० रुपैयाँ अर्थात् ५८ प्रतिशतले ह्रास भएको थियो । यो पाकिस्तानको इतिहासमा मुद्राको सबैभन्दा उच्च अवमूल्यन थियो ।
मुद्राको हालैको अवमूल्यन अन्तर्राष्ट्रिय मुद्रा कोष ‘आईएमएफ’द्वारा पाकिस्तानी आर्थिक गतिविधिमा आधारित भएर निर्धारण गरिएको स्वतन्त्र अर्थशास्त्रीहरूले बताएका छन् । उनीहरूले यसको बृहत् अर्थतन्त्रका आधारभूत कुराहरूसँग भने कुनै सम्बन्ध नभएको जोड दिए ।
पाकिस्तानको वित्तीय नीति मौद्रिक तथा विनिमय दरका नीतिहरू अधीनमा रहँदा यहाँको आर्थिक नीति निर्माणमा पूर्ण रूपले कमजोरी देखिएको पाकिस्तानी अर्थशास्त्री डा। अशफाक हसन खानले बताए ।
मौद्रिक कडाइ र विनिमय दर अवमूल्यनका कारण मुद्रास्फीति उच्च हुने, सार्वजनिक ऋण तथा कर्जा सेवा ग्राह्य हुनेतर्फ जोड दिँदै एक प्रतिशत मौद्रिक कडाइले पाकिस्तानको सन्दर्भमा मुद्रास्फीतिको चाप १.३ प्रतिशतले वृद्धि भएको भन्ने अनुभव र विभिन्न प्रमाणले देखाएको उनले बताए ।
भारतीय रुपैयाँ र बङ्गलादेशी टाकाजस्ता अन्य क्षेत्रीय मुद्राहरूको तुलनामा पाकिस्तानी मुद्राले अमेरिकी डलरविरुद्ध ठूलो ह्रास व्यहोरेको उनको भनाइ छ । अर्थशास्त्रीहरूले गरेका केही अध्ययनहरूले मासिक आधारमा मुद्रास्फीति ११।५ प्रतिशत रहेको देखिएको छ जुन झन्डै दुई प्रतिशत विनिमय दरको मूल्यह्रासबाट आस्एको द न्युज इन्टरनेशनलमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतमा लोकसभाको चौथो चरणको मतदान जारी
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
जर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
भारतमा लोकसभाको चौथो चरणको मतदान जारी
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार
हिलाम्य सडकले सवारी आवागमनमा समस्या
बैशाख ३१, २०८१ सोमबार
जानकी मन्दिरको झलक दिने आकर्षक प्रवेशद्वार
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
बैशाख ३१, २०८१ सोमबार