तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
मंसिर २२, २०७८ बुधबार १०:५८:५६
वि.सं.२०७८ साल मंसिर २२ गते । बुधबार । ईश्वी सन् २०२१ डिसेम्बर ०८ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–पंचमी, रातको ०३ बजेर ०९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– श्रवण, रातको ०३ बजेर ०८ मिनेट उप्रान्त धनिष्ठा । योग–ध्रुव, बेलुकी ०७ बजेर १७ मिनेट उपान्त व्याघात । करण–बव, दिउसो ०३ बजेर ५९ मिनेट उप्रान्त बालव, रातको ०३ बजेर ०९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २५ घडी ५९ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नया प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होईनेछ । व्यापार व्यावसायमा नयाँ प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाब पाईने हुनाले मन प्रशन्न रहनेछ । अग्रत तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- अग्रत तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ । पढाईलेखाईमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखी टाडिन सक्छन् । तरपनि आफन्त तथा अग्रजबाट सहयोग पाईने तथा आशिर्वाद पाईनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- पढाईलेखाईमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउमा नयाँ नियूक्ती तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:-अग्रत तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धी हासिल गर्न सकिनेछ । काम गर्ने वाताबरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा बिलाशि वस्तु प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । तरपनि अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाईलेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गितसंगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।
मकर’भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । तरपनि अग्रज तथा आफन्तबाट शुमार्गमा हिड्न प्रेरित होईनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’ :- समयमा अर्थ संग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेको छ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार