प्याराग्लाइडिङको पूर्वाधार प्रयोगविहीन
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार २१:३०:११
२२ मंसिर, बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङको बलेवा क्षेत्रमा निर्माण गरेको प्याराग्लाइडिङ पूर्वाधार प्रयोगविहीन भएको छ । पोखराको वैकल्पिक प्याराग्लाइडिङ गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गत वर्ष निर्माण गरेको संरचना एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको हो ।
संरचना तयार भएका एक वर्षसम्म पनि प्याराग्लाइडिङ हुन सकेको छैनन् । गण्डकी प्रदेश सरकारले गत वर्ष २२ लाख लागतमा बागलुङ नगरपालिका-१४ मा प्याराग्लाइडिङको लागि आवश्यक मैदान, भवन, शौचालय जस्ता संरचना तयार गरेको उपभोक्ता समितिका सचिव भरत पौडेलले जानकारी दिए ।
स्थानीय तह तथा प्रदेश सरकारले संरचनाको जिम्मेवारी नलिँदा समस्या भएको सचिव पौडेलले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने प्रदेश सरकारले लक्ष्य राखेको थियो ।
पोखरामा विमान स्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङ विस्थापन हुने वा नहुने विषय नै विचारधीन हुँदा तत्काल व्यावसायिक उडान सम्भावना नभएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताए । भौतिक संरचना निजी कम्पनीले अनुमति लिएर उडान सुरू गर्न चाहेमा काम गर्न सक्ने उनले बताए । । बलेवामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यावसायिक उडानको लागि संरचना तयार गरिएको हो ।
बलेवामा निर्माण गरिएको संरचना एक हजार ८५४ मिटरको उचाइमा छ । धौलागिरि हिमालको काख, कालीगण्डकीले बनाएका खोँचको विचरण, बागलुङ, पर्वत र म्याग्दी जिल्ला सदरमुकाममाथि प्याग्लाइडिङ सयर गर्न सकिने र सहासिक पर्यटनका लागि पूर्वाधारसमेत बलेवा क्षेत्रमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार