आर्थिक गतिविधि चलायनमान बनाउन महोत्सव
नेपालबहस संवाददाता
पुस ३, २०७८ शनिबार २१:२८:३५
कुलप्रसाद काफ्ले
३ पुस, चितवन । मंसिरलाई विवाहको महिनाका रुपमा लिएजस्तै यो वर्ष चितवन पुसभर मेला महोत्सवमय बन्ने भएको छ । चितवनमा पुस महिनामा मात्रै तीन महोत्सव र एक प्रदर्शनी हुन लागेका हुन् ।
चितवन उद्योग संघको आयोजनामा शुक्रबारदेखि छैँटौँ औद्योगिक प्रदर्शनी सुरू भएको छ । संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा भएको औद्योगिक प्रदर्शनीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गरेकी हुन् ।
४ पुससम्म चल्ने प्रदर्शनीमा भारतीय ५० सहित दुई सय वटा स्टल रहेका छन् । उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीलाई प्रदर्शनी फलदायी हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा प्रवेश निःशुल्क छ ।
पूर्वी चितवनकोे राप्तीमा पहिलो पटक गड्यौली महोत्सव हुने भएको छ । गड्यौली भिलेज प्रालिको आयोजनामा १४–२४ पुससम्म हुने महोत्सवमा सय वटा स्टल रहने आयोजकले जनाएको छ । ‘कोरोनाका कारण थलिएको व्यवसाय प्रवर्द्धन गर्न महोत्सव गर्न लागिएको हो,’ आयोजक गड्यौली भिलेज प्रालिका निर्देशक गणेश लामाले भने, ‘महोत्सवमा कृषि, पर्यटन र व्यवसायलाई प्राथमिकता दिन्छौँ ।’
करिब ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ८० रुपैयाँ र विद्यार्थीलाई ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । उद्योग वाणिज्य संघ चितवनले १३औँ संस्करणको चितवन महोत्सव २५ पुसदेखि ५ माघसम्म गर्ने भएको छ । गतवर्ष नै हुनुपर्ने महोत्सव कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको तयारी तीव्र बनाइएको छ ।
महोत्सवमा करिब चार सय वटा स्टल रहने उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले बताए । कोरोना महामारीका कारण थला परेका उद्योग व्यवसायलाई उकास्न र यहाँको आर्थिक गतिविधि चलायनमान बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको उनी बताउँछन् ।
रत्ननगर उद्योग वाणिज्य संघले पनि पुसमै महोत्सव गर्ने भएको छ । ११औँ संस्करणका रत्ननगर महोत्सव २७ पुसदेखि ८ माघसम्म आयोजना गर्न लागेएको संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा तीन सय ५० वटा स्टल हुने छन् । पाँच लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरेको उनको भनाइ छ ।
‘विशेषगरी कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि हामीले महोत्सव गर्न लागेका हौँ,’ उनले भने, ‘गत वर्ष कोरोना महामारीमा धेरै मानिस घरमै बस्नु परेकाले यसपटक महोत्सवमा धेरैले अवलोकन गर्ने अपेक्षा छ । स्टलहरू पनि ७० प्रतिशत बुकिङ भइसकेका छन् ।’
चितवन महोत्सव र रत्ननगर महोत्सव हरेक दुई वर्षमा एकपटक हुने गर्छन् । चितवन महोत्सव बिजोर वर्षमा र रत्ननगर महोत्सव जोर वर्षमा हुँदै आएका थिए । गतवर्ष महोत्सव गर्न नपाएको उवासंघ चितवन यसपटक गर्न चाहन्छ । एउटै उद्देश्यका दुई ठूला महोत्सव यस वर्ष एकै समयमा हुन लागेका छन् । चितवन महोत्सव आगामी वर्ष पनि हुनेछ ।
दुवै महोत्सवको उद्देश्य ‘चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई बढोत्तरी गराउने र स्थानीय उत्पादनका प्रदर्शनीलाई प्राथमिकता दिने हो । यसपटक एकैचोटी महोत्सव गराउने विषयमा दुई संस्थाबीच सहमति भइसकेको छ ।
चितवनकै कालिका नगरपालिकामा पनि पहिलोपटक पदमपुर पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव भएको छ । २३ मंसिरदेखि सुरू भएको महोत्सव ४ पुससम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार