६ माघ २०७८, बिहीबार

बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँगै स्थानान्तरण

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार ११:५३


२७ पुस, काठमाडौं । बेष्ट फाईनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतवारबाट संचालनमा आएको छ ।

नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवम ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो ।

यस वेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत बितिय सेवा दिदै आएको छ । यस फाइनान्सवाट डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ ।

नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको फाइनान्स स्रोतले बताएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा