सुपर दोर्दी ‘ख’ ले आगामी असारदेखि विद्युत उत्पादन थाल्ने
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार २०:१९:५७
२८ पुस, लमजुङ । दोर्दीखोलामा पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले असार ०७९ भित्र बिजुली उत्पादन गर्ने तयारी गरेको छ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको सुपरदोर्दी ‘ख’ का प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । उनका अनुसार आयोजनाको विद्युत गृहको सिभिल संरचना पूरा गरी उपकरण जडान गरिरहेको छ ।
उनले यसै महिनाबाट विद्युत् उत्पादन गर्ने तयारी गरे पनि बाढी र कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन गर्ने मिति पछाडि धकेलिएको बताए । पछिल्लो तालिकाअनुसार आयोजनाको सबै काम पूरा गरेर असार ०७९ भित्र उत्पादन सुरू गर्ने लक्ष्य छ ।
गत असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएसँगै बाँध क्षेत्र पुनर्निर्माण भइरहेको छ । बाढीपहिरोले बाँध क्षेत्रसम्म पुग्ने पहुँच मार्ग समेत बगाएको थियो ।
यस्तै, एक हजार एक सय मिटर पेनस्टक पाइप जडान पनि भइरहेको छ । उपकरण जडान पूरा गरी आगामी जेठमा परीक्षण गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक केशव रायमाझीले बताए ।
सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिदा खर्च बढ्ने प्रोजेक्ट डाइरेक्टर गौतमले बताए । आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ वटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको २०७२ सालमा विद्युत् खरिद सम्झौता ९पीपीए० भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार