६५ हजार पशुलाई पूर्ण खोप दिइने
नेपालबहस संवाददाता
पुस २९, २०७८ बिहिबार १७:२४:३८
२९ पुस, काठमाडौं । जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको हो ।
बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने केन्द्रले जनाएको छ । पहिलो चरणमा बागलुङ नगरपालिकामा आगामी माघ १५ गतेदेखि अभियान सञ्चालन हुँदैछ । पशुचौपायामा देखिने खोरेत, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइनफिबरलगायतका खोप लगाइने पशु स्वास्थ्य अधिकृत केशव शर्माले जानकारी दिए ।
यी रोगका कारण किसानले बर्सेनि क्षति बेहोर्दै आएका छन् । हरेक वर्ष पशु उत्पादनमा भइरहेको क्षतिको न्यूनीकरणका लागि पूर्ण खोप अभियान सञ्चालन गर्न लागिएको हो । तीन पालिकामा फरक फरक समयमा खोप अभियान सञ्चालन हुने शर्माले बताए ।
“बागलुङ नगरपालिकामा अभियान सञ्चालनका लागि पहिलो चरणमा गोष्ठी सम्पन्न भएको छ”, शर्माले भने, “माघ महिनाभरिमा नगरभरिका पशुचौपायालाई खोप लगाइसक्ने गरी योजना बनेको छ ।” हरेक वर्ष पशुलाई लगाउनुपर्ने खोप नपाएका कारण रोगबाट पशुचौपाया प्रभावित हुने गरेका छन् ।
बङ्गुर, बाख्रा र भैँसीमा देखिने रोगले किसान आजित छन् । सबै पशुलाई खोप निःशुल्क लगाइने भएकाले अभियान सञ्चालन भएका बेला खोजीखोजी खोप लगाउन विज्ञ केन्द्रले अनुरोध गरेको छ । यो अभियान बागलुङमा पहिलोपटक सुरुआत भएको हो । अभियानअन्र्तगत ४० हजार ठूला पशु र २५ हजार साना पशुलाई खोप लगाउने लक्ष्य केन्द्रको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार