६ माघ २०७८, बिहीबार

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा खाद्य सामाग्री प्रदान

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १६:४०


२९ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरूप खाद्य सामाग्री प्रदान गरेको छ ।

समाज केन्द्रको कार्यालयमा आयोजित एक विशेष समारोहका बिच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामाग्रीहरू समाज केन्द्रका प्रमुख कृष्ण बहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन ।

समाज केन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरूको संरक्षण गर्दै आएको छ । यस प्रकारको सहयोगले उत्त समाज केन्द्रमा रहेका बालबालिकाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास बानेश्वर शाखाका प्रबन्धक विकास रावलले व्यक्त गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा