६ माघ २०७८, बिहीबार

मेगा बैंकबाट भक्तपुर जिल्लामा सिसीटीभी जडान गर्न सहयोग

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १७:२०


२९ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी छिन् ।

सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र।ना।उ। राजु पाण्डेको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताइन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा