६ माघ २०७८, बिहीबार

प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस कति ?

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १५:०२


२९ पुस, काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लगि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।,

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३२८ रुपैयाँ रहेकोमा बोनशपश्चात चुक्ता पूँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँ पुग्नेछ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा