६ माघ २०७८, बिहीबार

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रकृया तुहियो

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १५:३१


२९ पुस, काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रकृया अन्तिम समयमा आएर तुहिएको छ । आज (पुस ३० गते) हिमालयन बैंकको साधारण सभामा १४ प्रतिशत शेयर हिस्सा रहेको सरकारी संस्था कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि एकाएक मर्जर प्रकृया तुहिएको हो । सभाले इन्भेष्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर असफल भएको हो ।

दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयनले सभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो । मर्जरको लागि विशेष प्रस्ताव स्वीकृत हुनका लागि कम्तिमा ७५ प्रतिशत शेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले गत वैशाखमा मर्जरमा जाने सहमति गरेका थिए ।

दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुने सहमति भएको थियो । मर्ज प्रकृया भाँडिएसँगै अब दुवै बैंकले नयाँ पार्टनर खोज्नुपर्ने भएको छ । मर्ज प्रकृयामा सहमति भएसँगै दुवै बैंकको वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा