दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार १८:४८:३२
५ माघ, तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो । सघन कक्ष भवनको माथिल्लो तलामा गत आर्थिक वर्षमा ट्रष्ट निर्माणको कार्य थालिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकिएकोले यसवर्ष पुनः गण्डकी प्रदेश सरकार समक्ष बजेट माग गरिएको सूचना अधिकारी डा दिवस ढकालले जानकारी दिए ।
करिब रु दश लाख बजेट आवश्यक पर्ने देखिएको छ । उनले भने, “ट्रष्ट निर्माण पश्चात अझै शय्या क्षमता वृद्धि गर्न सकिनेछ ।” दमौली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको रहेको उनले बताए ।
अस्पतालका सघन कक्षमा बिरामीको सङ्ख्या शून्य रहेका कारण सबै शय्या खाली रहेको सो अस्पतालले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको सङ्ख्या उकालो चढ्दै गरेको अवस्थामा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शय्या क्षमता वृद्वि गर्न लागिएको उनले बताए ।
अस्पतालमा दैनिक एक सयदेखि १५० सम्मको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । यतिबेला रुघाखोकी, भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको मेडिकल रेकर्डर सरोज रेग्मीले जानकारी दिनुभयो । उपचारमा आएका बिरामीलाई आराम गर्न होम आइसोलेशनमा बस्ने, खानपिनमा ध्यान दिने, तातोपानी मात्र सेवन गर्ने र नियमित औषधि सेवन गर्ने लगायतका सल्लाह सुझाव दिने गरिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
तनहुँमा मंगलबार सम्म १११ नयाँ संक्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए । केहि दिन अघि तनहुँमा कोरोना सङ्क्रमण दर सङ्ख्या न्यून रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार