मेची भन्सारको राजस्व असुलीमा वृद्धि
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार २२:२:१०
५ माघ, झापा । चालू आर्थिक वर्षको छ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा रु सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव नौ प्रतिशत राजस्व असुल्न सफल भएको हो ।
पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए। मेची भन्सार कार्यालय काँकडभिट्टाको कूल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उनको भनाइ छ ।
कार्यालयलाई भन्सार विभागले रु १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ । उनले वार्षिक लक्ष्यको तुलनामा छ महिनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी दिए ।
साउनको मासिक लक्ष्य रु ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि रु एक अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी हो ।
भदौमा कार्यालयले रु एक अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएकामा रु एक अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
असोजमा रु एक अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिए। असोजको लक्ष्य भने रु एक अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिक महिनाको लक्ष्य रु एक अर्ब ३१ करोड ९७ लाख २७ हजार लक्ष्य लिए पनि एक अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ वा ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ ।
मङ्सिर महिनामा कार्यालयले रु एक अर्ब ३२ करोड ७३ लाख १९ हजार लक्ष्य लिए पनि रु एक अर्ब ४० करोड २३ लाख ५८ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । पुस महिनामा रु एक अर्ब ३५ करोड ३७ लाख ७५ हजार लक्ष्यमा रु एक अर्ब ३७ करोड ९२ लाख सात हजार अर्थात १०१ दशमलव ८८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, हवाई स्प्रीड, सुती कपडा, रङ्गीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामाग्री रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
बैशाख २४, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार