सुन्ताखानबाट फरार अभियुक्त पक्राउ
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार २१:२७:२८
७ माघ, काठमाडौं । अदालतबाट रु १२ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १२ लाख जरिवाना गरेपछि फरार रहेका दोलखा भीमेश्वर नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७६ पुस ७ गतेको फैसलापछि दुई दिन कैद र बिगोबमोजिम रु १२ लाख जरिवानापछि फरार रहेका रिजाललाई बिहीबार सुन्ताखानबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका उनले आफ्नो नविल र एनआइसी बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका रिजाललाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ जना सहसचिवको एकैपटक अन्तरमन्त्रालय सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार