सीमावर्ती क्षेत्रमा अवैध कार्य रोक्न बाँके प्रहरी सक्रिय
नेपालबहस संवाददाता
माघ ८, २०७८ शनिबार १९:२२:५५
८ माघ, राँझा । नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ रु चार करोड ३६ लाख २६ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कार्वाही गरेको छ । भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोवार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ । प्रहरीले सुन तस्करीमा दुई जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लङ्घनमा २० हजार ५३५ सवारी साधन र सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।
बाँके प्रहरीले पछिल्लो छ महिनामा भन्सार चोरी पैठारीबाट रु चार करोड ३६ लाख २६ हजार ६०८, सुन तस्कर कारबाहीबाट रु तीन करोड १३ लाख ९७ हजार ६७५, ट्राफिक कारबाहीबाट रु एक करोड १२ लाख ३४ हजार ५०० र नदीजन्य पदार्थ उत्खननबाट रु तीन लाख ३० हजार गरी राजस्व सङ्कलन भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
जुवातास कारबाहीबाट रु नौ लाख ५१ हजार ६१०, काठ तस्कर कारबाहीबाट रु छ लाख ५३ हजार ९००, क्वारेन्टिन नगराइएका कुखुरा तथा माछा मासुबाट रु २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना रु ३७ लाख ९९ हजार ५१४ गरी रु नौ करोड ३९ लाख ९३ हजार ८०७ असुली भएको उहाँको भनाइ छ । प्रहरीले गत वर्ष यो अवधिमा रु दुई करोड ७५ लाख ३४ हजार ७३८ राजस्व सङ्कलन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार