३ जेष्ठ २०७९, मंगलवार

नबिल बैंकका सञ्चालक समितिका अध्यक्षको सपथ ग्रहण

प्रकाशित मिति :  ९ माघ २०७८, आईतवार १५:५५


९ माघ, काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट हिजो माघ ५ गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा। गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नबिल बैंकले ३७औँ साधारण सभा सम्पन्न गरको तथा अहिलेसम्म गरी आएको कार्यहरुलाई, गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए । नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) को प्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित गरेको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा