सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चियो : रिमाल
नेपालबहस संवाददाता
माघ १३, २०७८ बिहिबार १७:०:३९
१३ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ‘एमाले’का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।
बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्दा बाँकी सत्ता गठबन्धनले हात पारेको थियो । रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’
उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।
‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनले भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
जेठ १, २०८१ मंगलबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार