पोखरेलको हास्य–निबन्ध ‘चिबे नकटो’ पाठकमाझ
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १६:४९:५८
फागुन १६, काठमाडौं । स्रष्टा लेखनाथ पोखरेलको हास्य–निबन्ध ‘चिबे नकटो’ पाठकमाझ आएको छ । केही समयअघि नियात्रासंग्र्रह ‘फकलीको गाउँ’ र कथासंग्र्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ ल्याएका पोखरेलको तेस्र्रो कृति ‘चिबे नकटो’ पाठकमाझ आएको हो ।
सावित्री पोखरेल प्रकाश रहनुभएको २८० पेजको यो हास्य निबन्धमा विभिन्न परिवेशका विषय वस्तुलाई बढो रोचक ढंगले प्रस्तुत गरिएकोे छ । कृतिभित्रै कै एक हास्य–निबन्ध ‘चिबे नकटो’लाई लिएर पुस्तकको नाम राखिएको छ ।
पुस्तकमा ‘हस् हाकिमसाब !, ‘प्रेत लेखक’, ‘भाउँतो पो आइलाग्यो’, ‘कुराउनीको कोसेली’, ‘भिँगटीको रेडियो’, ‘झँक्रीबा’, ‘चिबे–नकटो’, ‘बाफरे बाफ !’, ‘भाइचा’, ‘आमाको माइतीघर’, ‘दशा बिग्रिएपछि !’, ‘दोषी सपना’ र ‘सुर्तीको फूर्ति’ ‘मेरो गुरु साह्रै सिपालु’, ‘वैशाखनन्दका कथा’, ‘म बुढो भएँ अरे !’, ‘रानीमत्ताको लेख’, ‘पुर्पुरोमा हात’, ‘सगोत्रीको मोह’, ‘प्रवृत्ति’, ‘म त ट्वाँ परेँ नि !’, ‘पण्डितजीको पटियाला पेग’, ‘अब बाजे भने फरक पर्दैन’, ‘साहेब ध्यानमा होइसिन्छ’, ‘नबल्झिएको च्याँखे’, ‘ब्योमवाला’, ‘टाइमपास’, ‘सम्पन नेपाली’ र ‘कोरोनाकाल’ जस्ता हास्य–निबन्धका २९ गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर २९ गुच्छालाई हास्य–निबन्धको मालामा उनेको छ ।
कृतिमा लेखकले आफ्ना बाल्यकालदेखि आजसम्म व्यहोरेका, अनुभूत र समाजभित्रका विकृति र विसंगतिलाई हास्यवंग्यका मालामा उनेर कृति तयार पारेको वरिष्ठ साहित्यकार खेमनाथ दाहाल बताउछन् । ‘प्रस्तुत कृतिमा एक प्रकारले समाजमा कतिपयले भन्न चाहेर, गर्न चाहेर पनि नसकेका विषयको प्रतिबिम्ब भएको पाइन्छ । यस कृति जति हास्यव्यंग्यले पूर्ण छ त्यति नै बोधगम्य पनि छ । सरल तर गहन र सजीव लेखन पोखरेलको विशेषता हो’, दाहालले भने ।
समाजका विभिन्न घटना र पात्रको प्रत्यक्षदर्शी आफैं बनेर लेखनलाई अगाडि बढाउने क्रममा हास्य–निबन्ध ‘चिबे नकटो’ कृति तयार भएको स्रष्टा पोखरेलले बताए । आफ्ना यसअघिका कृति जस्तै यो हास्य–निबन्धले पनि पाठकको मन जित्नेमा आफू आशावादी रहेको बताउँदै कमीकमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उनले आग्रह गरे।
पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषाविन्यास रहेको छ । ईं.प्रेस, प्रा.लि. मुद्रक रहेको कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।
स्रष्टा पोखरलेका विभिन्न पत्र पत्रिकामा नियमित वंग्यात्मक लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उहाँको अर्को कृति उपन्यास ‘रूपान्तरण’ पनि पाठकमाझ आउने तयारीमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार