कार दुर्घटनामा परी ७ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १७:२:३२
६ चैत, याङ्गुन । म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो । तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो ।मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् । यस दुर्घटनमा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार