१६ असार २०७९, बिहीबार

नेपाल फाइनान्सद्वारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

प्रकाशित मिति :  १० चैत्र २०७८, बिहीबार १०:२३


१० चैत, काठमाडौं । नेपाल फाइनान्सले साधारणसभा आह्वान गरको छ । फाइनान्सको २९ औं वार्षिक साधारणसभा वैशाख ३ गते आह्वान गरेको हो । सभा होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा रहेको छ ।

आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

सभा प्रयोजनको लागि यसले चैत १७ गते बुक क्लोज गर्दैछ । चैत १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता