उत्साहका साथ सिरुवा पर्व मनाइँदै
नेपालबहस संवाददाता
बैशाख २, २०७९ शुक्रबार १६:५७:२७
२ वैशाख, झापा । प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ ।
नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले मनाउने गरेका छन् । उनीहरूले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर मनाउने गरेका छन् ।
वैशाख १ गते उनीहरूले एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा पानी छ्यापाछ्याप गरेर मनाएका छन् । उनीहरूले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्नेलगायतका कार्यसमेत गरेका छन् ।
“सिरुवा पर्व हाम्रो समुदायको सबैभन्दा ठूलो पर्व हो”, राजवंशी समाज विकास समितिका केन्द्रीय सदस्य फूलमति राजवंशीले भने, “हामी प्रकृति पूजक हौँ, अनिवार्यरूपमा नयाँ कपडा फेरि हाम्रा विभिन्न स्थानमा स्थापना गरिएका ग्रामथानलगायतमा काली देवताको पूजा गर्ने मेला लगाउन आदि गरेर मनाउँछौँ ।”
उनले यो पर्वमा विवाह गरेर पराई घर पठाइएका छोरी–चेली बोलाएर, देश–विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा–मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ मनाउँदै आएको जानकारी दिए ।
सिरुवा पर्व प्रदेश नं १ का झापा, मोरड र सुनसरीमा विशेषरूपमा मनाइने गरिन्छ । नेपालबाहेक भारतको आसामको कोक्राझार, पश्चिम बङ्गाल, कोचबिहार, पानी ट्याङ्कीलगायतका क्षेत्रमा पनि तीन दिनसम्म यो पर्व हर्षोल्लासका साथ मान्ने गरेको उनको भनाइ छ ।
जिल्लाका राजवंशी समुदायका मानिसले गौरादह, खजुरगाछी, शिवगञ्ज, मेचीनगरलगायतका स्थानमा भजनकीर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायतका कार्यक्रम आयोजना गरेका छन् ।
उनीहरूले एकापसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन् । भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा राजवंशी समुदायले एकअर्कामा हिलो दलेर यो पर्व मनाउँदै आएको किवंदन्ती छ । खासगरी दधिकाद भनेको दहीको हिलो भने पनि दही नपाएका कारण माटोको हिलो बनाई एकअर्कामा छ्याप्दै रमाउने गर्ने गरेको बताइन्छ ।
भोलि अर्थात् सिरुवा पर्वको अन्तिम दिन रङ सिरुवा पर्दछ । उनीहरूले एकापसमा रङ खल्दै आफ्ना अभिभावकलाई रङ लगाइदिँदै यो पर्वको अन्त्य गर्ने चलन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १५, २०८१ शनिबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार