चिकित्सा विज्ञानको पढाइलाई व्यवस्थित र स्तरीय बनाउन पहल
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार २३:४१:१०
१३ वैशाख, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा विज्ञानको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल चलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोग, त्रिवि, शिक्षण अस्पताल, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयलगायत पदाधिकारीसँगको छलफलमा मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा आज छलफल गरेका हुन् ।
मेडिकल शिक्षा आर्जनका लागि बर्सेनि रु ९८ अर्ब रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए । “देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्ढो छ”, मन्त्री पौडेलले भन्नुभयो, “देश बाहिर पढ्न गएका नेपालमा आएर परीक्षा दिई चिकित्सक बनिरहेका छन् । उनीहरूलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौँ ।”
देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उहाँको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति पर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गरे । “अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौँ भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन”, मन्त्री पौडेलले भने । “शिक्षालाई नियमन गरौँभन्दा हामी खुम्चिएका छौँ”, मन्त्री पौडेलले भने, “केही ऐन र कानुनको जटिलताले गर्दा सीमितबाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन् ।” छलफलमा मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार
बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य
बैशाख १४, २०८१ शुक्रबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार