सशस्त्रमा ३२ वर्षे सेवा अवधिको चलखेल बन्द !
नेपालबहस संवाददाता
बैशाख १७, २०७९ आइतबार २:४९:५३
१७ बैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा दुई वर्ष सेवा अवधि बढाउने चलखेल अन्ततः शुक्रबार साँझबाट बन्द भएको छ । शुक्रबार साँझ एआईजी बढुवाका लागि सूचना जारी भएसँगै सो चलखेल बन्द भएको हो । ‘शुक्रबार गृहमन्त्रालयले सूचना जारी गर्न निर्देशन दिएसँगै ३२ वर्षे बनाउने चलखेल समाप्त भएको छ’, एपीएफ स्रोतले भन्यो ।
वर्तमान सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले दुई वर्ष सेवा अवधि बढाएर आफू निरन्तर संगठन प्रमुख हुनका लागि गरिएको चलखेल असफल भएपछि उनले शुक्रबार साँझ एआईजीहरुको लागि सूचना जारी गर्न बाध्य भएका थिए । हाल नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम सो पदका लागि दावेदार रहेका छन् ।
‘बढुवाका लागि आवेदन माग गरेसँगै ३२ वर्षीय सेवा अवधि लम्बाउने विषय सकिएको छ’, एपीएफ स्रोतले भन्यो । शुक्रबार सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) पुष्पराम केसीले वैशाख १९ गतेपछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि सूचना जारी गरेका हुन् ।
केसी आईजीपी भएपछि सशस्त्र प्रहरी बल नेपालको नियमावली २०७२ सच्याएर सेवा अवधि बढाउने चलखेल शुरु भएको थियो । उनले नियमावली ६५ को १ को ‘क’लाई सच्याएर दुई वर्ष थप्ने खेल शुरु गरेका थिए ।
सशस्त्र प्रहरी बलमा १९ दिनका लागि आईजीपी भएका उनले त्यसका लागि पहल गरिरहेका थिए । तर, चौतर्फी विरोध हुने देखिएपछि उनी आफ्नो योजनाबाट पछि हटेका हुन । एमालेका उपमहासचिव विष्णु रिमाल नजिक रहेका उनी पछिल्लो केही दिनदेखि नुवाकोटका कांग्रेस नेताहरूको साथमा ३२ वर्षे सेवा अवधिका लागि चलखेल गरेका थिए ।
त्यतिमात्र होइन आईजीपी केसीले आफू निकट रहेका व्यक्तिहरुलाई बढुवा गर्ने सूचना जारी गरेर काम गरेको देखाउन समेत खोजेका थिए । साथै उनले निर्वाचन सेल बनाएर सबै कर्मचारीलाई ‘रोक कल’ त्यही सेलमा गराउन लगाएका थिए ।
‘१९ दिन आईजीपी हुँदा पनि अघिल्लो आईजीपीको कार्यलाई उल्टाउने काम गरेका थिए’, स्रोतले भन्यो । उनी यही सोमबार अनिवार्य अवकाशमा जाँदैछन् । सरकारले ३२ वर्षे सेवा अवधि बढाएर ‘रिक्स’ लिन नचाहेपछि उनी बिदा हुन लागेका हुन् ।
त्यसअघि उनले सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत, उदयपुर लगायतका केही जिल्लाको गणलाई हटाउने प्रस्ताव पनि गृहमा पठाएका थिए । त्यसैगरी सुरक्षा निकायका उच्च अधिकारीहरुले प्रयोग गर्न पाउने हरियो मसीलाई पनि प्रतिबन्ध लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार