सशस्त्र प्रहरीको आईजीपीमा अर्याल नियूक्त
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १९:५७:४०
१८ बैशाख, काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) मा एआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । अर्याल गत बैशाख १४ गते एआईजीपीमा बढुवा भएसँगै आईजीपीका एकल दाबेदार थिए।
सशस्त्र प्रहरी बलमा एआईजीबाट मात्रै आईजीपी बनाउने प्रावधान छ। दुई एआईजीको दरबन्दी रहेको सशस्त्रमा अर्का एआईजी रामशरण पौडल पनि यही आइतबार नै आईजीपी पुष्पराम केसीसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले अर्याललाई आईजीपीमा बढुवा गरेको हो।
२०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण भएका थिए। उनी सोही वर्ष सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका थिए ।
पाँच वर्षसम्म डीएसपी भएर काम गरेका अर्याल २०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। एसपीमा उनले सात वर्षसम्म काम गरे। २०७० मा एसएसपीमा बढुवा भएका उनी पाँच वर्षपछि २०७४ सालमा डीआईजीपीमा बढुवा भएका थिए। चार पटकसम्म यूएन मिसनमा गएका उनले विभिन्न १० वटाभन्दा बढी इकाईहरुमा बसेर काम गरेका छन्।
अर्यालले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढी महत्त्वपूर्ण व्यवसायिक तालिम हासिल गरेका छन्। सुकीर्तिमय राष्ट्रदीप तृतीय¸ सुप्रबल जनसेवाश्री¸ गोरखा दक्षिण बाहु चौंथोलगायत विभिन्न ८ भन्दा बढी विभूषण¸ मानपदवी¸ पदक तथा अलंकारबाट उनी विभूषित भएका थिए।
अर्यालले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास¸ प्रथम श्रेणीमा समाजशास्त्र र राजनीतिशास्त्रका साथै अन्तर्राष्ट्रिय मानवीय कानुन समेत गरी ४ विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार