राष्ट्रिय भलिबल : महिलातर्फ आर्मी र पुलिसको विजयी सुरुवात, एपीएफ पराजित
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार १९:२७:१
९ बैशाख, काठमाडौं । छैटौं संस्करणको आरबीबी(एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत दोस्रो दिनबाट महिलातर्फको खेल सुरु भएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित हात पार्दा एपीएफ क्लब भने पराजित भएको छ ।
दिनको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्यो । आर्मीले एभरेस्टमाथि २५-१९, २५-७, २५-१८ को सेटमा जित निकाल्दै सुरुवाती तीन अंक जोड्यो । दिनको दोस्रो खेलमा एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गर्यो । सुरुवाती दुई सेट गुमाएको एपीएफले तेस्रो सेट जित्दै खेलमा फर्कने कोसिस गरे पनि सफल हुन सकेन ।
पुलिसले भने एपीएफलाई सुरुवातबाटै दबाबमा राख्न सफल भयो । पुलिसले सुरुवाती दुई सेट २५-२०,२५-२३ ले जित्दा तेस्रो सेट एपीएफले २५-१७ जित्यो । तर, चौथो सेट २५-१६ ले जित्दै पुलिसले महत्त्वपूर्ण तीन अंक हात पार्यो । आज नै पुरुषतर्फका तीन खेल हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार
जीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार