‘पर्यटनमय सानेपा’ नामक पुस्तक लोकार्पण
नेपालबहस संवाददाता
बैशाख २२, २०७९ शुक्रबार २:२३:४३
◊ मुना न्यौपाने
२२ वैशाख, काठमाडौं । जापानका लागि नेपाल पूर्व राजदूत केदारभक्त माथेमाले नेपालमा धार्मिक पर्यटनको सम्भावना प्रचूर रहेको बताए । सानेपास्थित आयोजित एक कार्यक्रमबिच लेखक तथा धार्मिक गुरु पं. मधुसुदन सुवेदीद्वारा लिखित ‘पर्यटनमय सानेपा’ नामक पुस्तक लोकार्पणको क्रममा माथेमाले उक्त धारणा राखेका थिए ।
पर्यटकीय एवम् धार्मिक महत्व बोकेको पुस्तक समग्र सानेपा अझ भनुँ ललितपुरको सभ्यता र संस्कृति जान्न÷बुझ्न चाहने जोकोहीका निम्ति कोसेढुंगा सावित हुने समीक्षात्मक टिप्पणी पूर्व सहसचिव चीरञ्जीवि पौडेलले गरे । लोकसेवा आयोगका पूर्व सदस्य एवम् वरिष्ठ गीतकार श्रीपुरुष ढकालले प्रस्तुत पुस्तकले धार्मिक, पर्यटकीयदृष्टिकोणबाट समेत महत्वपूर्ण रहेको बताउँदै लेखकलाई शुभकामना दिए ।
विश्व हिन्दु महासंघका पूर्वअध्यक्ष हेमबहादुर कार्कीले संस्कार र संस्कृति हाम्रा अमूल्य निधि भएता पनि पछिल्लो समयमा समाज विस्तारै पाश्चय संस्कृतितर्फ ढल्किरहेको परिप्रेक्ष्यमा आउँदा पुस्तालाई हाम्रो धर्म, संस्कृति, देवदेवता र मठमन्दिरका बारेमा सिक्ने÷सिकाउनको लागि समेत पुस्तक उपयोगी हुने धारणा राखे ।
संस्कृति र संस्कारले आफूलाई सदैव लेख्न प्रेरित गरिरहेको प्रसङ्ग उल्लेख गर्दै लेखक तथा धार्मिक गुरु पं. मधुसुदन सुवेदीले १०० भन्दा बढी पुस्तकहरु आफूले लेखन तथा सम्पादन गरिसकेको बताउदै “पर्यटकीयमय सानेपा” नामक पुस्तकले सानेपाको समग्र स्थितिलाई बुझ्न टेवा पुग्ने धारणा राखे । उनले पुस्तकमा ललितपुर नगरपालिका वडा नं. १, २, ४ र १० भित्रका देवदेवी, मठमन्दिरका बारेमा सचित्र वर्णन गर्ने प्रयत्न गरेको समेत बताए ।
कार्यक्रम पूर्वप्रशासक नानीकाजी विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हासपास गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विष्ट लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार