महाशिला आधारभूत अस्पताललाई २३ रोपनी जग्गा
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २१:१:५६
२३ वैशाख, पर्वत । पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पतालअन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको हो । रु २२ करोडको लागतमा निर्माण हुन थालेको उक्त अस्पताल गत मङ्सिरमै शिलान्यास भए पनि जग्गा प्राप्तिमा केही समस्या भएपछि निर्माण कार्य रोकिएको थियो ।
महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित भोेर्ले डाँडाको साविक कित्ता नं ३७० को २३ रोपनी, १३ आना २ पैसा ३ दाम गौचरण जमिन मन्त्रिपरिषद्को सिफारीसमा हालै अस्पताल निर्माण समितिलाई प्राप्त भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिए । उनका अनुसार २०७८ चैत २४ को निर्णयबाट जग्गा दर्ता प्रमाणपत्र प्राप्त भएको र सार्वजनिक जग्गा प्रयोगसम्बन्धी कार्यविधिबमोजिम अस्पताल निर्माणका लागि जग्गाको स्वामित्व प्रदान गर्ने स्वीकृति भएसँगै जिल्ला मालपोत कार्यालयले बुधबार जग्गाको प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।
आफ्नो निरन्तरको प्रयासबाट जग्गा प्राप्त गर्न सफल भएकाले अब अस्पताल निर्माण नियमित सञ्चालन हुने वडा नं ५ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ठकुरीको भनाइ थियो । स्थानीय केही व्यक्तिले उक्त जग्गामा अस्पताल भवन बनाउन नहुने भन्दै मुद्दा दर्ता गरेपछि निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार