५ जेष्ठ २०७९, बिहीबार

न्युजिल्यान्डले ३१ जुलाइदेखि अन्तर्राष्ट्रिय सीमाना खोल्ने

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार ११:०८


२८ वैशाख, एजेन्सी । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले ३१ जुलाईदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाहरू पूर्ण रूपमा खोल्ने बताएकी छिन् । सोही दिन स्थानीय बन्दरगाहमा क्रुज जहाजहरूलाई पनि स्वागत गरिने उनले जानकारी दिइन् ।

सरकारले यसअघि तोकेको समयभन्दा दुई महिना अगाडि अर्थात जुलाईको अन्त्यमा सीमा खोल्न लागिएको हो । भिसा चाहिने आगन्तुकहरू अब न्युजिल्याण्ड आउन सक्नेछन् ।

अकल्यान्डमा बिजनेश एनजेडको दिवाभोजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिमाना खोल्दा तत्काल सीप अभाव हट्ने, पर्यटन क्षेत्रलाई फाइदा हुने र अध्यागमन सेटिङलाई अझ सुरक्षित तहमा राख्न मद्दत पुग्ने विश्वास गरिन् ।

‘हामी न्युजिल्याण्डको आर्थिक भविष्य सुरक्षित गर्न हामी प्रमाणित योजनामा निर्माण गर्दैछौँ’, प्रधानमन्त्रीले भनिन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा