५ जेष्ठ २०७९, बिहीबार
सुरक्षा/अपराध

पुथाउत्तरगङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार १३:०३


एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ

२८ बैशाख, काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा एक जना व्यक्ति अवैध भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१४ पोबाङबाट एकनाले भरुवा बन्दुकसहित सोही ठाउँकै चन्द्रबहादुर कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

कामीलाई १४ नं वडास्थित सिद्धमण्डली मावि राङ्सिको मतदान केन्द्रको २०० मिटर आसपास क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । मङ्गलबार पक्राउ परेको कामीलाई रुकुमकोट ल्याइएको छ । निर्वाचनको मुखैमा मतदाक केन्द्र नजिकै भएर अवैध बन्दुकसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






संस्कृत भाषामा आकर्षण
नेपालबहस संवाददाता