१३ असार २०७९, सोमबार
स्थानीय तह निर्वाचन

विराटनगरमा नागेश १५ हजार ४३० मतका साथ अग्रस्थानमा

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार २०:५९


४ जेठ, मोरङ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा अग्रता बढाउँदै लगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बेलुकासम्म गणना गरिएको ४८ हजार २०१ मतमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १५ हजार ४३० मतका साथ अग्रता लिएका छन् ।

उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ९ सय ३७ मतको अग्रता लिएका हुन् । थापा ११ हजार ४९३ मतका साथ कोइरालालाई पछ्याइरहेका छन् । स्वतन्त्रतर्फ उम्मेदवार उमेश यादवको ४ हजार ८०७ मत रहेको छ।

नेकपा एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले पनि आफ्नो अग्रतालाई कायम राखेकी छन् । कार्कीले हालसम्म १३ हजार १७९ मत पाएकी छन् ।

गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव ७ हजार ९४६ मतका साथ प्रतिस्पर्धामा छन् । राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले ३ हजार ७ सय ७९ मत प्राप्त गरेकी छन् ।


325
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता