खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १४:१२:२१
५ जेठ, खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुखरउपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुःन यथास्थानमा दोहोरिने र कतिपयको माथिल्लो पदमा फड्को मार्ने प्रयास असफल भएको हो ।
यथास्थानमा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिएका केपिलासगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई र साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का पराजित भएका छन् ।
एमालेका शंखरबहादुर गठबन्धनबाट उठेका माओवादी केन्द्रकी अरुणादेबी राईबाट पराजित भएका छन् । माओवादी केन्द्रका अर्जुनकुमार कांग्रेसका रबिप्रकाश राईभन्दा पछि परेका हुन् । एमालेका कृष्णकुमार राई कांग्रेसबाट बिजयी भएका समिर राईका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका माइतीराज राईभन्दा पछि परेका छन् ।
एमालेकी बिणादेबी राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा दोहोरिने प्रयास असफल भएको छ । उनी गठबन्धन ९माओवादी केन्द्र०का बिसन राईसँग पराजित भएकी हुन् । खोटेहाङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष गोमा मगर अध्यक्षमा पराजित भएकी छन् । कविता गठबन्धन (माओवादी केन्द्र)का उदिमबहादुर राई र गोमा गठबन्धन ९कांग्रेस०का शालिकराम बञ्जराभन्दा पछि परेका हुन् ।
साकेला गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरिता खड्का र ऐसेलुखर्क गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पुष्पकला भुजेलको यथास्थानमा दोहोरिने प्रयास विफल भएको छ । सरिता माओवादी केन्द्रकी बिर्सिका राई र पुष्पकला गठबन्धन (कांग्रेस)का राजेश राजभण्डारी भन्दा पछि परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार