१३ असार २०७९, सोमबार

आईपीएल : बैंगलोरले शीर्ष स्थानको गुजरातलाई ८ विकेटले हरायो

प्रकाशित मिति :  ६ जेष्ठ २०७९, शुक्रबार ०६:०४


६ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ ।

मुम्बईमा बिहीबार राति बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । यस जितसँगै बैंगलोरले प्ले अफ पुग्ने सम्भावना जीवित राखेको छ ।

बैंगलोर १४ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । गुजरात प्ले अफ पुगिसकेको छ । शीर्ष स्थानको गुजरातले १४ खेलमा २० अंक जोडेको छ ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता