तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
जेठ ६, २०७९ शुक्रबार ११:५६:८
वि.सं.२०७९ साल जेठ ०६ गते । शुक्रबार । ईश्वी सन् २०२२ मे २० तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि–पंचमी, बेलुकी १० बजेर २९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– पूर्वाषाढा, बिहान ०७ बजेर ५७ मिनेट उप्रान्त उत्तराषाढा । योग–शुभ, बेलुकी ४ बजेर १४ मिनेट उप्रान्त शुक्ल । करण– कौलव, बिहान ११ बजेर ४० मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर २९ मिनेट उप्रान्त गर । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु , दिउँसो १ बजेर ३३ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३३ घडी ५२ पला ।
मेष‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउने छ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यत्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाईलेखाईमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिने छ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ ।
मिथुन‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- पढाईलेखाईकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । मायाप्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमती जुट्ने छ । मध्यान्हबाट कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउँन असजिलो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानीबाट भने थोरै भएपनि आम्दानि हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या हुँनसक्छ ध्यान दिनुहोला ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउने छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइने छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिने छ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउने छ । मायाप्रेममा नजिक भई रमाउन सकिने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- सन्तानको प्रगती देखेर मन रमाउने छ भने बंश बृद्धिको गतिलो सम्भावना रहेको छ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहने छ । बिहानको समय मध्यम रहेकोले सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- अध्ययन अध्यापनमा अली बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिने छ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी सुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । बिहानको समय राम्रो रहेकोले छोटो दुरिको यात्राको तय हुनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहने छ । विवादित बिषयहरुको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिने छ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गरेको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पती संग्रह गर्न सकिने छ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जाने छ । पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिने छ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरु गर्न सकिने छ । धातु तथा खनिज पदार्थसँग सम्बन्धीत व्यवसायबाट लाभ लिन सकिने छ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- कलात्मक तथा रचनात्मक काम सुरु गरी भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिने छ । राजनीति कर्मीहरुका लागी समय फलदायी रहेकोले पद प्राप्तीको गतिलो योग रहेको छ । व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेको छ । बिद्यार्थीहरुले खोजमुलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडिहरुका लागी बिहानको समय मध्यम रहेको छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाडाको यात्रा हुने भएपनि यात्राको क्रममा दुःख पाईने छ । शरिरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलाशी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागि वा विदेशी सामानको व्यापार गर्नेहरुका लागी समय राम्रो रहेको छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिने छ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिने छ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिने छ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारीसाधन तथा मन परेको भौतिक सम्पती लाभ हुने गतिलो सम्भावना रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार